ललितपुर । ललितपुरबाट मकवानपुरको हेटौंडा जोड्ने कान्ति लोकपथ सडकखण्ड अवरुद्ध भएको छ ।
ललितपुरको बागमती गाउँपालिका-२ र मकवानपुरको भीमफेदी गाउँपालिका-८ को सिमानामा रहेको बगुवास्थित बागमती खोलाको डाइभर्सन बाढीले बगाएपछि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
२०८२ जेठ ५ गते बिहान परेको पानीले डाइभर्सनका लागि राखिएका ह्युमपाइपहरू बगाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिनु भयो ।
बगुवास्थित बागमती पुलको एक भाग २०८१ साल असोजमा आएको बाढीले बगाएको थियो।