जनचासो

२०८२ जेष्ठ ९ गते
00: 00: 00
२०८२ जेष्ठ ९ गते

बालेनलाई टेर्न छाडे वडाध्यक्षले

ललितपुर । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले विभिन्न समितिको नेतृत्व परिवर्तन गर्नेगरि २०८२ जेठ १ गते गरेको निर्णयलाई वडाध्यहरूले अस्वीकार गरेका छन् ।

वडाध्यक्षहरू दलबहादुर कार्की, वीरेन्द्र प्रजापति र विनोद राजभण्डारीले २०८२ जेठ ४ गते मेयर बालेनलाई सामूहिक हस्ताक्षरसहितको एक पत्र लेख्दै कार्यपालिकाबाट अनुमोदन नगरी दिइएको जिम्मेवारीमा नबस्ने बताएका हुन् ।

पछिल्लो समय बालेनले कार्यपालिका बैठक नराखी पत्रमार्फत साशन चलाउँदै आएको आरोप लागिरहेका बेला उहाँले बैठक बोलाउनु भएको छैन ।

प्रमुख प्रशासकीय अधिकृतको विषयले उहाँमाथि दबाब बढेसँगै चौतर्फी प्रश्नसमेत उठिरहेको छ ।

अदालतले प्रमाणित गर्न बाँकी कसुरलाई लिएर उहाँले दोषी करार गर्ने अभिव्यक्ति दिएबाट उहाँमाथि कानुनी शासनको उपहास गरेको आरोपसमेत लाग्दै आएको छ ।

सार्वजनिक समारोह र मिडिया तथा सर्वसाधारणसँग अन्तरक्रियामा नआउने बालेनले फेसबुक स्टाटसमार्फत आफ्ना अभिव्यक्ति प्रस्तुत गर्ने गर्नुहुन्छ ।

Share the News

Recent News

Related News