ललितपुर । चीनले ‘डिजिटल चीन’ निर्माणलाई अघि बढाउन सन् २०२५ का लागि कार्ययोजना सार्वजनिक गरेको छ ।
योजनामा ‘एआई प्लस’ (कृत्रिम बुद्धिमत्ताको समावेश,) पूर्वाधार सुधार, डेटा उद्योग प्रवर्द्धन र डिजिटल दक्ष जनशक्ति विकास जस्ता प्रमुख पहलहरू समेटिएको राष्ट्रिय डेटा प्रशासनले जानकारी दिएको समाचारहरूमा जनाइएको छ ।
योजनाअनुसार तथ्यांक स्रोतको बजार अनुकूल व्यवस्थापनलाई प्रवर्द्धन गरिने ,एकीकृत राष्ट्रिय तथ्यांक बजार विकास गरिने, स्थान अनुसार अनुकूल डिजिटल अर्थतन्त्रको प्रवर्द्धन गरिने र डिजिटल चीन निर्माणको समग्र स्तरलाई उल्लेखनीय रूपमा उकासिनेछ ।
सन् २०२५ को अन्त्य सम्म चीनले डिजिटल चीन निर्माणमा महत्वपूर्ण प्रगति गर्ने लक्ष्य राखेको छ ।
नयाँ प्रविधियुक्त उत्पादन क्षमताको विस्तारसँगै डिजिटल क्षेत्रको गुणस्तर र कार्यक्षमता उल्लेखनीय रूपमा बढाउने योजना छ ।