मधु पन्थी, मनाङ ।
जिल्ला खोप समवन्य समिति, मनाङको आयोजनामा “राष्ट्रिय खोप कार्यक्रम”स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्वता भन्ने मुल नाराका साथ पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम २०८२ बैशाख ३१ गते चामेमा सम्पन्न भएको छ ।
गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले गण्डकी प्रदेशको पर्यटकीय मनाङ जिल्ला दोस्रो पूर्ण खोप सुनिश्चित जिल्ला भएको बताउँदै जिल्लाको प्रवेशद्वारमा हेल्थ डेस्क स्थापना गरिने बताउनु भयो ।

मन्त्री पाठकले हाइ एल्टिच्युडमा हुने समस्या समाधानका लागिसमेत डेस्क स्थापना गर्ने बताउनु भयो । यसअघि म्याग्दी जिल्ला पहिलो पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भइसकेको छ ।
जिल्ला समन्वय समिति मनाङका समन्वय अधिकारी अन्नतकुमार बस्नेत, प्रमुख जिल्ला अधिकारी मातृका आचार्य, जिल्ला प्रहरी कार्यालयका डिएसपी हरिप्रसाद पौडेल, प्रदेश अस्पताल मनाङका मेसु डा. सुप्रिया पौडेल, जिल्ला खोप समन्वय समिति सदस्य सचिव तथा स्वास्थ्य कार्यालय मनाङका प्रमुख रविनाकुमारी ठगुन्नालगायतले स्वास्थ्य र खोपको महत्वबारे बोल्नु भएको थियो ।
कार्यक्रममा चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेको अध्यक्षतामा र जनस्वास्थ्य निरीक्षक राजेन्द्र श्रेष्ठको सञ्चालन कार्यक्रम सम्पन्न भएको थियो ।