जनचासो

२०८२ जेष्ठ ९ गते
00: 00: 00
२०८२ जेष्ठ ९ गते

भ्रष्टाचार न्यूनीकरण सरकारको पहिलो प्राथमिकताः मुख्यमन्त्री पाण्डे

मधु पन्थी, पोखरा ।

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भ्रष्टाचार न्यूनीकरण सरकारको पहिलो प्राथमिकतामा रहेको बताउनु भएको छ ।

 प्रजातान्त्रिक विचार समाज कास्कीको १० औं अधिवेशन तथा भ्रष्टाचार न्यूनीकरण र सुशासनका बारेमा आयोजित गोष्ठीलाई २०८२ बैशाख २८ गते पोखरामा उद्घाटन गर्दै सो कुरामा जोड दिनुभएको हो ।

संस्थागत रूपमा मौलाएको भ्रष्टाचारलाई शुन्य सहनशीलतामा पुयाउन कठिन भएपनि न्यूनीकरण गर्न सकिने बताउँदै उहाँले गण्डकी प्रदेश भित्र सुशासन र भ्रष्टाचार निरुत्साहित गर्न आफूले सक्रिय भूमिका खेल्दै आएको बताउनु भयो ।

समाजमा हुने विकृति हटाउन र नेपाली जनतालाई सुशासन दिन प्रदेश सरकार प्रयत्नशील रहेको बताउँदै उहाँले संगठित आवाजलाई बलियो बनाउन सकियो भने भ्रष्टाचार हट्दै जाने भनाइ उहाँको छ ।

प्रजातान्त्रिक विचार समाजका केन्द्रीय अध्यक्ष कुलचन्द्र वाग्लेले देशमा आर्थिक र नैतिक रुपमा मौलाएको भ्रष्टाचारलाई न्यूनीकरण गर्नुपर्नेमा जोड दिनुभयो ।

लोकतन्त्रमा जनता नै प्रमुख भएकाले उनीहरुलाई केन्द्रमा राखेर सरकार अगाडि वढ्नुपर्नेमा जोड दिनुभयो । संविधानविद् प्राडा विपीन अधिकारीले भ्रष्टाचार समाजमा सरल रूपमा उपस्थित भएकाले यसलाई न्यूनीकरण गर्न सरकारका प्रशासनिक निकायहरू चुस्तजुरुस्त हुनुपर्नेमा जोड दिनुभयो ।

नेपालको न्यायप्रणालीमा समेत ढिलासुस्ती हुँदा नेपाली जनतामा न्यायलयप्रति निरासा देखिने गरेको भनाइ उहाँको छ । नेपाली काँग्रेस कास्कीका नेता सोभियतबहादुर अधिकारीले समाजमा सुशासन स्थापना गर्न सक्यौ भने मात्र दलहरूले जनताको मन जित्न सक्ने बताउनुभयो ।

नेपालीलाई समृद्ध बनाउन तर्फ सरकारका ध्यान दिन आवश्यक छ । संस्थामा योगदन पुयाए वापत उक्त संस्थाका केन्द्रीय उपाध्यक्ष वासुदेव भण्डारीलाई सम्मान गरिएको थियो ।

उक्त अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने बताइएको छ । कार्यक्रम समाजका कास्की अध्यक्ष वीरबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न भयो ।

Share the News

Recent News

Related News