विराटनगर ।
कोशी प्रदेश खेलकुद विकास बोर्डले करातेका अन्तर्राष्ट्रिय प्रशिक्षक प्रभाकर राना मगरको संयोजकत्वमा नेपाल कराते महासङ्घ कोशी प्रदेश तदर्थ समिति गठन गरेको छ ।
बोर्डको २७ औँ बैठकले मगरको संयोजकत्वमा ११ सदस्यीय तदर्थ समिति गठन गरेको हो । बोर्डले महासङ्घको आन्तरिक विवादका कारण प्रदेशमा वैधानिक महासङ्घ गठन नभएकोले तीन महिनाभित्र अधिवेशन गरी पूर्ण समिति गठन र बोर्डमा दर्ता गराउने जिम्मेवारी सहित तदर्थ समिति गठन गरेको बोर्डका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम) ले जानकारी दिनु भयो ।
तदर्थ समितिको सदस्यमा अनिस राजधामी, रेनुका राई, कमिक कुमार राई, अनिल नेपाल,रुपा लिम्बू, रविन राई, मोतीचन्द्र राई, दिपक मगर, विप्लव राई, सागर राउत रहनु भएको छ।