पोखरा । व्यवसायीमाथि कुटपिट गरेको आरोपमा पोखरा महानगरपालिका- ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी हरिबहादुर बस्नेत जानकारी दिनु भयो ।
पराजुलीमाथि २०८२ बैशाख २३ गते व्यवसायी लेखनाथ सुवेदीमाथि हातपात गर्नुअगाडि महानगर पुगेर कर्मचारीमाथि समेत हातपात गरेको आरोप लागेको छ ।
वडाध्यक्ष पराजुलीलाई प्रहरीले लामाचौरबाट पक्राउ गरेको जनाएको छ । ‘व्यवसायीमाथि कुटपिट गरेपछि नियन्त्रणमा लिएका हौँ । थप अनुसन्धान गर्दैछौं ।’-डिएसपी बस्नेतले भन्नु भयो ।
पोखरा महानगरपालिकाका सूचना अधिकारी कृष्णप्रसाद तिवारीले आफू एक कार्यक्रममा रहेको र वडाध्यक्ष पराजुलीले त्यही कार्यक्रमकै विषयलाई लिएर प्रशासकीय अधिकृतकै अगाडि एक कर्मचारीलाई हातपात गरेको जानकारी आएको बताउनु भएको छ ।