ललितपुर । भारत सरकारले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा मिसाइल हमला गरेको समाचार सार्वजनिक भएपछि संयुक्त राष्ट्रसङ्घले संयमता अपनाउन आग्रह गरेको दिएको छ।
संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ता स्टेफन दुजारिकले गुटेरेस ‘नियन्त्रण रेखा र अन्तर्राष्ट्रिय सिमानाका पारिपट्टिका भारतीय सैन्य कारबाहीहरूप्रति गहिरो चिन्तित रहेका’ बताएका समाचार सञ्चारमाध्यमहरूमा प्रकाशित छन् ।
उहाँले भारत र पाकिस्तान दुवैलाई आफ्ना सैन्य शक्तिलाई अधिकतम् संयम राख्न आग्रह गर्नु भएको खबर छ ।
दुजारिकले भन्नु भयो-‘भारत र पाकिस्तानबिच कुनै पनि प्रकारको सैन्य भिडन्त संसारका लागि असह्य हुनेछ।’
अप्रिल २२, २०२५ मा भारतको पहलगाममा भएको आतंकवादी हमलापछि भारत र पाकिस्तानको सिमानामा समस्या उत्पन्न भएको छ । भारत र पाकिस्तान दुवै परमाणु हतियार सम्पन्न देश हुन् ।