जनचासो

२०८२ जेष्ठ ९ गते
00: 00: 00
२०८२ जेष्ठ ९ गते

बालश्रमरहित बालगृह बनाउन जिसस प्रमुखको आग्रह

मधु पन्थी, पोखरा ।

जिल्ला समन्वय समिति कास्कीले जिल्लामा सञ्चालित बालगृहका सञ्चालकहरूसँग २०८२ बैशाख २१ गते पोखरामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले सम्पूर्ण बालगृहमा कार्यरत मजदुरहरूलाई अनिवार्य नियुक्तिपत्र सहित सरकारले तोकेको न्यूनतम पारिश्रमिक प्रदान गर्न र सामाजिक सुरक्षा कोषमा आबद्ध हुनुपर्ने व्यवस्था भए अनुसार कार्य गर्न आग्रह गर्नु भयो ।

पौडेलले बालश्रम रहित बालगृह बनाउन आग्रह गर्दै सुरक्षित र व्यवस्थित बालगृह निर्माणका लागि आआफ्नो क्षेत्रबाट कार्य सम्पादन गर्न आग्रह गर्नु भयो ।

उहाँले बालगृह सहित राज्यद्वारा नियन्त्रित र निर्देशित सबै निकाय मानव अधिकारको पूर्ण पालना सहित श्रम ऐन, कानुन र निर्देशिकाको पूर्ण पालनामा थप गम्भीर हुनुपर्ने उल्लेख गर्नु भयो ।

श्रम कार्यालय पोखराका वरिष्ठ श्रम अधिकृत सुरेश ढकालले बालश्रम रहित प्रदेश बनाउनेतर्फ सबैजना केन्द्रित हुनुपर्ने भन्दै श्रम ऐन, न्युनतम पारिश्रमिक र सबै कामदारलाई सामाजिक सुरक्षा कोषमा आबद्ध नगरेमा कानुन बमोजिम कारबाही हुने बताउनु भयो । 

कार्यक्रममा राष्ट्रिय बाल अधिकार परिषद गण्डकीका प्रदेश समन्वय अधिकृत बद्री वाग्लेले कास्कीका बालगृहहरूको वर्तमान अवस्था र चुनौतीका बारेमा जानकारी दिनुभएको थियो ।

कार्यक्रममा कास्की जिल्लामा सञ्चालित बालगृहका सञ्चालकहरू, सरोकारवाला र नियामक निकायका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

Share the News

Recent News

Related News