जनचासो

२०८२ जेष्ठ ८ गते
00: 00: 00
२०८२ जेष्ठ ८ गते

मच्छिन्द्रनाथको रथयात्रा सुरू

ललितपुर । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथयात्रा २०८२ बैशाख १८ गते सुरू गरिएको छ ।

सांस्कृतिक, धार्मिक र ऐतिहासिक दृष्टिले अति महत्वपूर्ण मानिने यो रथ यात्रा बिहीबार साइत हेरेर तःबहालको मन्दिरबाट सुरू गरिएको हो ।

पुल्चोकमा निर्माण गरिएको ३२ हात लामो र ४८ फिट अग्लो रथमा मच्छिन्द्रनाथलाई गाःबहालसम्म तानेर पुर्‍याइएको छ ।  काठमाडौं उपत्यकामा वर्षाको आगमन र सहकालको सङ्केत स्वरूप भक्तजनले श्रद्धा र उल्लासका साथ रथयात्रा गर्ने गरेका छन् ।

मच्छिन्द्रनाथको रथ गाःबहालबाट मङ्गलबजार, सुन्धारा, लगनखेल हुँदै जावलाखेलसम्म पुर्‍याउने चलन छ । जावलाखेलमा रथ पुर्‍याएपछि राष्ट्रपतिको उपस्थितिमा विशेष समारोह आयोजना गरेर ऐतिहासिक ‘भोटो देखाउने’ परम्परा छ ।

यो परम्परा मच्छिन्द्रनाथसँग जोडिएको एक प्राचीन किंवदन्तीको स्मरण हो । ७ सय वर्षभन्दा पुरानो यो जात्रा बैशाख शुक्ल प्रतिपदाबाट सुरू भई असार शुक्ल चतुर्थीसम्म सञ्चालन हुन्छ ।

फोटो साभारः मनोजरत्न शाही, गोरखापत्र

Share the News

Recent News

Related News