जनचासो

२०८२ जेष्ठ ८ गते
00: 00: 00
२०८२ जेष्ठ ८ गते

कलाकारहरुलाई अभिव्यक्तिको लागि खेद्नु असहिष्णु आचरण: प्रधानमन्त्री ओली

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले कलाकारहरुलाई अभिव्यक्ति साझा गरेकै आधारमा सामाजिक संजालमा खेद्नु असहिष्णु र अधिनायकवादी चरित्रको प्रदर्शन भएको बताउनु भएको छ ।

आज विराटनगर स्थित विरेन्द्र सभागृहमा कोशी प्रदेश लगानी सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले कलाकारले आफ्नो धारणा व्यक्त गरेकै आधारमा खेदिनु पर्ने स्थिति दुखद भएको बताउनु भएको हो ।

प्रधानमन्त्री ओलीले हालै एक पुस्तक विमोचनमा केपी ओलीको प्रशंसा गर्दा गायक प्रकाश सपुतले बेहोर्नु परेको आलोचनाप्रति लक्षित गर्दै कुनै कलाकारले नेता मनपर्छ भन्दै पनि गाली खानु पर्ने अवस्था आउनेले समाज असहिष्णु बन्दै गएको धारणा व्यक्त गर्नु भएको थियो ।

एक टेलीभिजन अन्तरवार्तामा एक जना कलाकार (अभिनेत्री सुरक्षा पन्त)ले कसैको छोरालाई गुड लुकिङ्ग छ, कला क्षेत्रमा आउँदा हुन्छ भन्दा गाली खानु पर्ने विषय नभएको बताउनु भयो ।

उहाँले उक्त कार्यक्रमका संचालक प्रकाश सुवेदीलाई लक्षित गर्दा अर्काका छोरानातीको विषयमा प्रश्न गर्नु अनावश्यक भएको समेत टिप्पणी गर्नु भएको थियो ।

प्रधानमन्त्री ओलीले संसारभर प्रतिगमनले पुन: फर्किने प्रयास गर्ने तर चैत १५ गतेको घटनाले प्रतिगमनकारीको आचारण समेत देखिएको कटाक्ष समेत गर्नु भएको थियो । कोशी प्रदेश सरकारको आयोजनामा सुरु भएको लगानी सम्मेलन वैशाख १८ र १९ गते विराटनगरमा हुँदैछ ।

Share the News

Recent News

Related News