जनचासो

२०८२ जेष्ठ ९ गते
00: 00: 00
२०८२ जेष्ठ ९ गते

विपक्षी पाँच दलको सार्वजनिक महत्वको प्रस्ताव संसदमा

ललितपुर । नेकपा माओवादी केन्द्रसहितका प्रतिपक्षी दलले नेपाल शिक्षक महासंघको आह्वानमा २७ दिनदेखि जारी आन्दोलनलाई लिएर प्रतिनिधिसभामा जरूरी सार्वजनिक महत्त्वको प्रस्ताव पेश गरेका छन् ।

माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे प्रस्तावक रहेको उक्त जरूरी सार्वजनिक महत्वको प्रस्तावमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार, एकीकृत समाजवादी पार्टीका सांसद शेरबहादुर कुँवर, आमजनता पार्टीका सांसद प्रभु साह र राष्ट्रिय जनमोर्चा पार्टीका सांसद चित्रबहादुर केसी समर्थक छन् ।

यी सांसदले विगतमा सरकार र महासंघबीचका सम्झौता कार्यान्वयन मागसहित भइरहेको शिक्षकहरूको आन्दोलनप्रति आफूहरूको गम्भीर ध्यानाकार्षण भएको बताएका छन् ।

समग्र शिक्षा क्षेत्रको उन्नयनका लागि महत्वपूर्ण माग राखी स्थानीय तह, प्रदेश र राजनीतिक दलका केन्द्रीय कार्यालय हुँदै शिक्षा तथा मानवश्रोत विकास केन्द्रमा रिले अनशनपछि काठमाडौं केन्द्रित शिक्षक आन्दोलनबारे सरकार गम्भीर नभएको यी पाँच दलको निष्कर्ष छ ।

सार्वजनिक महत्वको प्रस्तावबारे जानकारी दिनु हुँदै नेकपा एकीकृत समाजवादीका साँसद एवम् पूर्वमन्त्री शेरबहादुर कुँवरले यस विषयमा संसदमा छलफल हुने बताउनु भयो ।

Share the News

Recent News

Related News