ललितपुर । ललितपुर सिटी एफसीले लगातार दोस्रो पटक नेपाल सुपर लिग (एनएसएल) को उपाधि उचालेको छ । २०८२ बैशाख १३ गते दशरथ रङ्गशालमा भएको फाइनलमा पोखरा थण्डर्सलाई २-१ ले पराजित गर्दै ललितपुर सिटी तेस्रो संस्करणमा अपराजित रहेर च्याम्पियन बनेको हो ।
ललितपुरका लागि दुई विदेशी खेलाडी इमोह इजेकेल र पापा इबोउ केबेले गोल गरेका थिए । पोखराका लागि एनआरएन खेलाडी सुदिल राईले एक गोल फर्काए ।
ललितपुर अपराजित रहँदै उपाधि जित्ने कीर्तिमान बनाएको छ । यस्तै एनएसएलको उपाधि रक्षा गर्ने पहिलो टिम पनि ललितपुर नै बनेको छ । ललितपुर यस सिजन खेलेको ८ ओटै खेलमा अपराजित रह्यो ।