जनचासो

२०८२ जेष्ठ ९ गते
00: 00: 00
२०८२ जेष्ठ ९ गते

शिक्षक आन्दोलन १८ औँ दिन पनि जारी

ललितपुर । शिक्षकहरूले २०८२ वैशाख ६ गते पनि आन्दोलन जारी राखेका छन् । विगत १८ दिनदेखि काठमाडौंको माइतीघर–बबरमहल–नयाँ बानेश्वर सडकमा विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरू आन्दोलनमा उत्रिएका हुन् । हिजो मध्यरातिसम्म प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख देवराज घिमिरेसँग शिक्षक महासंघका नेताहरूसँग छुट्टाछुट्टै छलफल गर्नुभएको थियो ।

यद्यपि उनीहरू तत्कालै शिक्षा ऐन जारी हुनेमा आश्वस्त हुन सकेका छैनन् । त्यसैले उनीहरूले आन्दोलनलाई आज पनि जारी राखेका हुन् । उनीहरुको प्रदर्शनका कारण माइतीघर–बबरमहल सडकमा बिहीबार पनि यातायात सेवा ठप्प छ ।

छलफलमा प्रधानमन्त्री ओलीले शिक्षा ऐन प्रक्रियामार्फत् जतिसक्दो छिटो जारी गर्ने प्रतिबद्धता दोहोर्‍याउनु भएको थियो । त्यसका लागि आज प्रधानमन्त्री ओलीले शिक्षा समितिका सांसद, शिक्षा मन्त्री र सत्तारूढ दलसँग छलफल गरेर टुंगो लगाउने आश्वासन दिनु भएको थियो ।

Share the News

Recent News

Related News