जनचासो

२०८२ जेष्ठ ९ गते
00: 00: 00
२०८२ जेष्ठ ९ गते

प्रजातन्त्रका सेनानी श्रेष्ठ रहनुभएन

मधु पन्थी, पोखरा । तनहुँको व्यास नगरपालिका–२ दमौली निवासी प्रजातन्त्र सेनानी मोतीकुमार श्रेष्ठको निधन भएको छ । २०८२ वैशाख २ गते साँझ ९३ वर्षको उमेरमा उहाँको निधन भएको हो । श्रेष्ठ लामो समयदेखि बिरामी रहनुभएको थियो । श्रेष्ठ २००७ सालको प्रजातन्त्र स्थापनको आन्दोलन, २०४६ सालको प्रजातन्त्र पुनर्स्थापनाको आन्दोलन र २०६२/०६३ को जनआन्दोलन गरी तीन ओटै आन्दोलनमा सहभागी हुनु भएको थियो ।

श्रेष्ठ व्यास नगरपालिकाको पूर्व वडा अध्यक्षसमेत रहनुभएको थियो । स्व. श्रेष्ठको दाहसंस्कार वैशाख ३ गते पशुपति आर्यघाटमा गरिने परिवारले जनाएको छ ।

Share the News

Recent News

Related News