ललितपुर । अमेरिकाले अफगानिस्तानका लागि दिएको खाद्य सहायता कटौती गरेपछि यहाँका लाखौं मानिस भोकमरीको गम्भीर जोखिममा परेका अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् ।
संयुक्त राष्ट्र अन्तर्गतको विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) का अनुसार अहिले उनीहरूसँग सीमित स्रोत मात्र बाँकी छ, जसले गर्दा सबैलाई आवश्यक सहायता दिन सम्भव छैन ।
डब्लूएफपीका अनुसार अफगानिस्तानमा करिब ४५ लाख मानिसलाई खाद्य सहायता आवश्यक छ । तीमध्ये ३१ लाख मानिस अकालको मुखमा छन् । अहिलेको अवस्थाअनुसार, वर्षभरि जम्मा ८ लाख मानिसलाई आधा परिमाणमा मात्र खाद्य सहायता दिन सकिनेछ ।