जनचासो

२०८२ जेष्ठ ८ गते
00: 00: 00
२०८२ जेष्ठ ८ गते

फूल फूल्यो फक्रियो सार्वजनिक

Photo:https://www.chitralahar.com/35128

ललितपुर । गीतकार राधिका अधिकारीको नयाँ गीत फूल फूल्यो फक्रियो सार्वजनिक भएको छ । गायिका तारा अधिकारीको स्वर रहेको गीतमा सङ्गीतकार दीपक शर्माले सङ्गीत भर्नु भएको छ भने सविन सुवेदीले सङ्गीत संयोजन गर्नु भएको छ ।

२०७२ सालमा एकल एल्बम ‘किनारा’मार्फत साङ्गीतिक बजारमा देखिनु भएकी राधिकाका एक दर्जनभन्दा बढी गीत सार्वजनिक भएका छन् ।

विन्ध्यबासिनी म्यूजिकबाट बजारमा आएको गीतको म्यूजिक भिडियोमा मोडल स्मारिका ढकाल र नायक सागर खनाल हुनुहुन्छ ।

गीतको म्यूजिक भिडियो निर्देशन प्रहिल कार्कीले, छायाँङ्कन भूपेन्द्र थापा मगरले र भिडियोको दृष्य सम्पादन माधव बेल्वासेले गर्नु भएको छ । फोटो स्रोत:https://www.chitralahar.com/35128

Share the News

Recent News

Related News