जनचासो

२०८२ जेष्ठ ९ गते
00: 00: 00
२०८२ जेष्ठ ९ गते

सङ्क्रमणकालीन न्यायसम्बन्धी आयोगका लागि ३४ जनाको नाम संक्षिप्त सूचीमा

ललितपुर । सङ्क्रमणकालीन न्यायसम्बन्धी दुई ओटै आयोगका पदाधिकारी सिफारिसका लागि गठित सिफारिस समितिले समितिमा आएका निवेदनहरूमध्येबाट २०८२ बैशाख १४ गते संक्षिप्त सूची सार्वजनिक गरेको छ ।

सङ्क्रममणकालीन न्यायसम्बन्धी दुई आयोगका लागि नाम सिफारिस गर्न गठन भएको पदाधिकारी सिफारिस समितिले १ सय ११ जनाको नाम मध्येबाट ३४ जनाको नाम संक्षिप्त सूचीमा समावेश गरेको समितिकी प्रवक्ता डा. लिली थापाले जानकारी दिनु भयो ।

सूचीमा पूर्व मुख्य सचिव डा. लिलादेवी गड्तौलासहित ६ जना महिला रहेका छन् । त्यसैगरी मानव अधिकार क्षेत्रका

संक्षिप्त सूचीमा द्वन्द्वपीडित समुदायको प्रतिनिधित्व छैन । संक्षिप्त सूची सार्वजनिक भएपछि द्वन्द्वपीडित साझा चौतारीका संस्थापक अध्यक्ष सुमन अधिकारीले सदस्यमा सूचीबद्ध केही व्यक्तिप्रति आशा गर्न सकेपनि अध्यक्षमा सिफारिस गरिएका कमजोर व्यक्ति ल्याउन खोजेको आरोप लगाउनु भयो ।

उहाँले भन्नु भयो-‘शान्ति प्रक्रियामा काम गरेका व्यक्ति थोरै छन् । सदस्यमा केही व्यक्ति आशालाग्दा हुनुहुन्छ । पछि उनीहरूलाई पनि हटाउँछन् कि के गर्छन् ?  हेर्न बाँकी छ ।’

यसअघि समितिले चैत २८ गते सूचना प्रकाशित गर्दै व्यक्तिगत तथा संस्थागत तर्फबाट आवेदन आह्वान गरेको थियो । आयोगको पदाधिकारीका लागि व्यक्तिगत तर्फबाट ८२ जनाले आवेदन दिएका थिए । संस्थागत सिफारिसबाट २९ जनाको नाम समितिसमक्ष पेश गरिएको थियो ।

सिफारिस समितिका प्रवक्ता लिली थापाले सार्वजनिक नाममा अध्ययन र छलफल भइरहेकाले चाँडै छोटो सूची सार्वजनिक गर्ने तयारी भएको बताउनु भएको छ ।

सिफारिस समितिको सर्ट लिस्टमा परेकाहरुमध्येबाट दुवै आयोगका लागि २ अध्यक्षसहित १० जना पदाधिकारी नियुक्त गर्नुपर्ने छ । दुवै आयोगले सशस्त्र द्वन्द्वको अवधिमा भएगरेका मानव अधिकार उल्लङ्घनको सत्यतथ्य पत्ता लगाएर कारवाहीको सिफारिश गर्ने कार्यादेश पाएका छन् ।

सरकारले २०८१ चैत ११ गते सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगका पदाधिकारी नियुक्तिका लागि सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा सिफारिस समिति गठन गरेको थियो । यसअघि काम पूरा गर्न असमर्थ रहेको समितिलाई पुनः जिम्मेवारी दिँदै २ महिनाको समयसीमा तोकिएको छ । 

Share the News

Recent News

Related News